४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु



इस्लामावाद । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।

नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन् । खानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए ।

राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो ।

देशको सङ्घीय सरकारले राजधानी इस्लामाबाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको