६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

सत्यतथ्य समाचार सम्प्रेषण गर्न तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीको आग्रह



तिलेत्तमा । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न पत्रकारहरुसँग आग्रह गरेकी छिन ।

तिलोत्तमा नगरपालिकाको सहकार्यमा सञ्चारिका समूह रुपन्देहीले आज शंकरपुरमा आयोजना गरेको खोजमूलक समाचार लेखन तालिमको शुभारम्भ गर्दै उनले पछिल्लो समय खोजमूलक समाचार कम आउन थालेकाले यसतर्फ सक्रियता बढाउन अनुरोध गरिन ।

“महिला पत्रकारको पनि सञ्चारमा सक्रिय सहभागिता छ अझै खोजमूलक समाचार लेखनलाई अघि बढाउनुपर्छ, तपाईहरुको क्षमता बढाउन साथ दिनका लागि नगरपालिका तयार छ ।”, उनले भनिन ।

गलत र भ्रामक समाचारलाई मिडियामा स्थान नदिन आग्रह गर्दै उनले यसले पत्रकारकै प्रतिष्ठा घट्ने धारणा राखे । पत्रकारले राजनीतिक पूर्वाग्रह राखेर समाचार लेख्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा तालिमका प्रशिक्षक तथा सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार अमृता अनमोलले स्थानीय सरकारले गरेका असल अभ्यासहरुलाई मिडियामार्फत जनतामाझ लैजान जरुरी रहेको बताइन । त्यसका लागि स्थानीय तहले पत्रकार सम्बद्ध सस्थासँग समन्वय गर्नुपर्ने धारणा राखिन ।

सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले पत्रकार महिलाहरुको पेशागत दक्षता बढाउन नगरपालिकासँगको सहकार्यमा तालिमको आयोजना गरिएको बताइन । उनले सञ्चार संस्थामा पत्रकार महिलाहरुको संख्या कम भएकाले उनीहरुलाई पेशामा टिकाउन र सक्षम बनाउन यस्ता खालका तालिम सहयोगी हुने उल्लेख गरिन ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारहरुको क्षमता बढाउन र आफ्ना राम्रा कामको प्रचार गर्न सबै स्थानीय तहले यस्ता तालिम तथा छलफल आयोजना गर्नुपर्ने बताए । कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने, सञ्चारिका समूह रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, महासचिव अस्मिना पाण्डे, क्रियाशिल पत्रकार महिला समूहका सचिव विन्दु भट्टराई लगायतले बोल्दै पत्रकार महिलालाई मिडियामा टिकाउन र लेखन क्षमता बढाउन तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

पत्रकार महिलाहरुका लागि आयोजना गरिएको खोजमूलक समाचार लेखन तालिममा प्रशिक्षक अनमोल र तिलोत्तमा मिडिया क्लबका अध्यक्ष बिपी गौतमले प्रशिक्षण दिएका थिए । तालिममा ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : २८ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता