५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नारायणपुर विमानस्थलका लागि इआइए गरिँदै



तुलसीपुर । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो असर पार्छ भनी नागरिक उड्डयन प्राधिकरणले इआइए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिए ।

आन्तरिक उडानका लागि घोराही उपमहानगरपालिका–८ र ९ मा पर्ने नारायणपुरमा विमानस्थल निर्माणका लागि इआइए थालिएको उनले बताए ।  “तीन हजार दुई सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन, स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण गर्ने गरी तयारी गरिएको छ”, इन्जिनियर भण्डारीले भने । उनका अनुसार विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्दछ ।

दाङको तुलसीपुरमा विसं २०११ सालमा विमानस्थल स्थापना भएको थियो । हाल उक्त विमानस्थलमा १९ सिटे टिवनेटर विमान मात्रै अवतरण गर्न सक्छ । अहिले यस विमानस्थलमा सात सय ५० मिटर लम्बाइ धावनमार्ग छ । उक्त धावनमार्ग विस्तारका लागि इआइए तयार गर्न लागिएको इन्जिनियर भण्डारीको भनाइ थियो ।

केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोली टरिगाउँ विमानस्थलमा पुगेर केन्द्र सरकारसँग समन्वय गरी प्रदेश सरकारले विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : २८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं