२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ: राजदूत आचार्य



लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा शुक्रबार लन्डनमा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै राजदूत आचार्यले नेपालमा लगानीको वातावरण दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा आकर्षक रहेको बताए। उनले कोभिड भन्दा पहिले प्रति वर्ष ६०,००० ब्रिटिश पर्यटकहरुले नेपालको भ्रमण गरेकोमा अहिले त्यो संख्या ५०,००० पुगेको बताए। उनले दुवै देश बीच पर्यटन तथा व्यापार अभिवृद्धि गर्न नेपाली तथा ब्रिटिश व्यवसायीहरुलाई आग्रह गरे।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका साम्सद तथा पूर्व मंत्री डिन रसेलले नेपाल बेलायतको भरपर्दो मित्र रहेको बताउंदै अन्तरराष्ट्रिय व्यापार वृद्धि हुँदा दुवै मुलुकलाई फाइदा पुग्ने बताए। उनले बेलायतमा रहेका नेपाली समुदायले एक अर्कालाई सफल हुन सहयोग गरि रहेको बताउंदै त्यसको प्रशंसा गरे। उनले दुइ देशबीचको व्यापार बढाउन आवश्यक रहेको बताए।

बीएनसीसीका प्रमुख कार्यकारी रिचार्ड पेलीले नेपालमा लगानी वृद्धि गर्न प्रशासनिक व्यावधान हटाउन र दुवै देशबीच दोहोरो कर हटाउने सम्झौता गर्न आग्रह गरे। बीएनसीसीका उपाध्यक्ष बिराज भट्टले कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष डा कपिल रिजालले सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा गायक सपन राईले गीतहरु गाएर मनोरञ्जन गरेका थिए।

उक्त वार्षिक रात्री भोजमा लन्डनस्थित नेपाली, भारतीय तथा ब्रिटिश व्यवसायीहरु, सामाजिक अभियन्ताहरु तथा पत्रकारहरुको उपस्थिति थियो।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ४४ बजे

In Dolakha’s government schools, China’s support: establishment of libraries and distribution of sports materials.

Kathmandu: During International Children’s Day, a joyful and harmonious China–Nepal

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना र खेल सामग्री वितरण

काठमाडौ । नेपाल–चीन सीमा दोलखा जिल्लाको एक सरकारी विद्यालयका बालबालिकाको

कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको