९ बैशाख २०८३, बुधबार | April 22, 2026

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, पराजय स्विकार्दै बिजेपीका मुख्यमन्त्रीले दिए राजिनामा



नयाँ दिल्ली । भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।

शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा बिजयी हासिल गरेको छ भने सरकार बनाउन आवाश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा बिजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ ।
यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । जसले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफनो पराजय स्वीकार गरेको छ ।

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मात्रसिट परेको छ ।

कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ । अर्थात, कर्नाटकमा मतदाताले सरकार दोहोर्याउन दिएका छैनन ।कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले गभर्नरलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : २९ बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको