१६ बैशाख २०८१, आइतबार | April 28, 2024

वन डढेलो र आगलागीका घटना बढ्दै



काठमाडौं । आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।

प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए ।

आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे ।

यसैगरी जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ११ : ४६ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा