१४ माघ २०८२, बुधबार | January 28, 2026

मोदी इनर्जीको आईपीओ बाँडफाँड



काठमाडौं । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट रसिडिएसले आईपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीको आईपीओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : १३ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले