५ श्रावण २०८३, मंगलबार | July 22, 2026

संसदीय समिति सभापति र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे दलहरुबीच सहमति



काठमाडौं । प्रमुख तीन दलहरुबीच संसदीय समितिका सभापति चयन गर्ने र संक्रमणकालीन न्यायसम्बन्धी विधेयलगायत अन्य विचाराधीन विधेयक अगाडि बढाउने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीनै दलका प्रमुख सचेतकहरु समेत सहभागी थिए ।

सहमतिअनुसार एमालेले सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र प्रतिनिधिसभाको एक थप समितिको सभापति पाउने भएको छ । यसअघिको संसदीय इतिहासमा प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समितिको सभापति मात्र पाउने प्रचलन रहेपनि यसपटक एमालेले आफुलाई कम्तिमा तीनवटा सभापति चाहिने अड्डी कसेको थिए ।

अन्य बाँकी आठ समिति सभापतिमा सत्तारुढ दलहरुबीच बाँडफाँट हुनेछ । यसमध्य संसदीय सुनुवाइ समिति कांग्रेसले लिने सहमति भएको छ ।

बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ‘विषयगत समितिको काम भोलिदेखि नै अगाडि बढाउने कुरा भयो । जति पनि विधेयक समितिमा गएका छन् प्रक्रियाअनुसार अगाडि बढ्छ । संक्रमणकालीन विधेयक कानुन समितिमा गएको छ । त्यो समितिले उपसमिति बनाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने कुरा भएको छ । अरू विधेयक प्रक्रियामा अगाडि बढ्ने कुरा भएको छ ।’

यसबारे नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले छलफल गरेर मिलाउने सहमति भएको छ । यसैगरी संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि मिलाएर अगाडि लैजाने सहमति दलहरुले गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : ०४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं