४ पुस २०८२, शुक्रबार | December 20, 2025

दोहोरो अङ्कले घट्यो नेप्से



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ, भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल २७ लाख ८८ हजार आठ सय १५ कित्ता शेयर रु ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ मा कारोबार भयो ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ५९ लाख ६९ हजार एक सय ८९, एनआइसी एशिया बैंक रु चार करोड ५७ लाख ५४ हजार सात सय चार, शिवम् सिमेन्ट रु तीन करोड ६० लाख ७१ हजार पाँच सय ९० र नबिल बैंक रु तीन करोड सात लाख ९० हजार आठ सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष तीन दशमलव ९३, मिथिला लघुवित्त तीन दशमलब ८६, बाराही हाइड्रोपावर तीन दशमलब ७८ र स्वाभिमान लघुवित्तको शेयर मूल्य तीन दशमलब शून्य पाँच प्रतिशतले बढेको छ ।

यस्तै, राष्ट्र उत्थान लघुवित्त छ दशमलव ३७, दोर्दीखोला जलविद्युत् पाँच दशमलव ९२, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ७०, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब २३ र कृषि विकास बैंकको शेयर मूल्य पाँच दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ४ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको