८ बैशाख २०८१, शनिबार | April 20, 2024

म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् ।

उनले यो आरोप निराधार र मिथ्या रहेको बताए । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पारेका छन् ।

‘नेपाली नागरिकता र राहदानीका आधारमा बेलायतको राहदानी लिएको हुँ । अहिले एनआरएनए कार्ड बोकेको छु,’ आचार्यले लण्डनबाट भने, ‘यसमा भन्नु केही छैन् । देशको लागि केही गरौँ भन्नेलाई राम्रो कसैले मान्दैनन् । ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन । मिथ्यामात्रै हो ।’

उनले आफूलाई बदनाम गराउन एउटा समूह सक्रिय रहेकोसमेत आरोप लगाए ।

‘२र४ जना मेरो विरुद्धमा अहिलेमात्र होइन पहिलेदेखि नै लागेका छन् । अनेकौं तिकड्म झिक्ने गरेका छन् । तर, यस्ता अफवाहले मलाई केही फरक पर्दैन्। झिनामसिना कुराका पछि लाग्ने मान्छे पनि म होइन,’ आचार्यले भने ।

आचार्य नक्कली शरणार्थी बनेर बेलायत पुगेको प्रचार सामाजिक सञ्जालहरूमा चलेको छ । ६ महिनासम्म एनआरएनएको नेतृत्व गरेका आचार्य बेलायतमा व्यवसाय गर्छन् ।

उनलाई एनआरएनए बेलायतकै अध्यक्ष प्रेम गाहा मगरले नक्कली शरणार्थी बनेर बेलायतमा शरण लिएको आरोप लगाएका थिए ।

मगरले एक टेलिभिजनसँगको अन्तरवार्तामा आचार्यले बेलायतमा स्थापित हुनकै लागि नक्कली शरणार्थी बनेको आरोप लगाएका थिए ।

सरकारले आचार्यको पद खारेज गर्नुपर्ने र उनीमाथि राष्ट्रघातको मुद्धा चलाउनु पर्ने माग समेत मगरले गरेका थिए ।

तर, आचार्यले भने यो सबै अफवाह भएको दावी गरेका छन्। उनले आफूसँग जन्मस्थान पर्वत लेखेको नेपाली राहदानी भएको बताए ।

‘म पर्वतमा पण्डितको परिवारमा जन्मेको छोरा हुँ । मेरो पहिलाको नेपाली राहदानीमा जनमस्थान पर्वत लेखेको छ,’ आचार्यले भने, ‘अहिले सरकारले दिएको एनआरएनए कार्डको आधारमा नेपालमा लगानी गरिरहेको छु । विदेशी भूमिबाटै भए पनि जन्मेको देशका लागि केही गरौँ भन्ने मेरो चाहना हो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ३६ बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को