११ भदौ २०८३, बिहिबार | August 27, 2026

पेट्रोलियम व्यवसायी चोपनारायण श्रेष्ठको ट्यांकर र चालकलाई तस्करी आरोपमा कारवाही



काठमाडौँ । पटक पटक पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै आएका बुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक पुनः नेपाल आयल निगमको कारवाहीमा परेको छ । श्रेष्ठको ट्यांकर चालकलाई निगमले ढुवानीमा सधैंको लागि बन्देज गरेको छ ।

निगमसँग करार सम्झैता भई बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालिको लु २ ख ४८३९ नम्बरको ट्यांकरले २० किलोलिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको हो ।

लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते इन्धन तस्करी भएको पुष्टिपछि पेट्रोलियम पदार्थको ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधनसहित) गरी कारबाही गरिएको निगमले जनाएको छ । ‘चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैंका लागि बन्देज लगाउने निर्णय गरिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्यांकररट्रकको ढुवानी भाडा समेत रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निर्णय गरिएको छ ।’ विनियमावली अनुसार चालकलाई ३ महिनाको लागि निलम्बन गर्ने समेत निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

भैरहवा नाकाबाट भन्सार पासको क्रममा शंका लागेपछि प्रहरी र भन्सार कार्यालयले ट्यांकरलाई नियन्त्रणमा लिएका थिए । निगमको कर्मचारीसहित भलवारी डिपोमा ट्यांकर जाँच गर्दा स्वीकृत पीडीओ २० किलोलिटरभन्दा बढी पेट्रोल भेटिएको थियो । स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी देखिएपछि निगमले प्रहरी, भन्सार र निगमका कर्मचारीसहित मुचुल्का बनाएर ट्यांकर नियन्त्रणमा राखिएको थियो ।

निगमले आजै चालकमाथी कारबाही नै गर्ने निर्णय गरेको हो । एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठ हुन् । उनी पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका वर्तमान वरिष्ठ सल्लाहकार तथा संघको पूर्वअध्यक्ष हुन् ।

श्रेष्ठकै ट्यांकर यस अघि पनि पटक पटक तस्करीमा प्रयोग भएको पाइएको थियो । जानकारका अनुसार भैरहवा सीमा क्षेत्रमा नेपालभन्दा भारततिर इन्धन सस्तोमा पाइने भएपछि पछिल्लो समय तस्करी हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : २६ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका