१३ माघ २०८२, मंगलबार | January 28, 2026

पोखरामा लुकेका टोपबहादुर रायमाझी शनिबार मात्र काठमाडौं छिरेका थिए



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनदेखि फरार एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परे ।

प्रहरीले पक्राउपूर्जी जारी गर्दा सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा रहेका रायमाझी आफै काठमाडौं आएर आत्मसमर्पण गर्ने बताएका थिए ।

सोही साँझ भैरहवाबाट काठमाडौं आउने जहाजको टिकट अन्तिम समयमा क्यान्सिल गरेर फरार भएका रायमाझी ११ दिनपछि काठमाडौंबाट पक्राउ परेका हुन् । तर यो ११ दिनको बीचमा रायमाझीले प्रक्राउ हुनबाट वच्न विगतमा छापामार कमाण्डर हुँदा अपनाउने चलाखी अपनाउन खोजेको देखिएको छ ।

काठमाडौं जाने भनेर अर्घखाँचीबाट बुटवल आएका रायमाझीले उतैबाट प्रहरीलाई फोन गरी आफु आफै प्रहरीकोमा आएर हाजिर हुने भन्दै प्रहरीलाई आश्वास्त पारेका थिए । तर उनले त्यसपछि मोवाइल फोन स्वीचअफ गरेर फरार भएका थिए । रायमाझी बुटवलबाट भारत छिरेको आशंका प्र्रहरीसहित धेरैले गरेका थिए । तर उनी मोवाइल अफ गरेपछि आफ्नो एकजना पूर्वसचिवालय सदस्यसहित पोखरा गए। रायमाभाmीले त्यहीँ नै सेल्टर खडा गरेको प्रहरी स्रोतले बताएको छ ।

त्यसपछि रायमाझीले पोखरा पुर्याउने सहयोगीलाई आफ्नो मोवाइल फोन दिएर भारत पठाए। प्रहरीले टोपबहादुर पनि भारत पुगेको ठान्यो। त्यही अनुसार प्रहरी टोलीले भारत हानियो। खोजीकै क्रममा भारतीय प्रहरीको सहयोगमा प्रहरीले रायमाझीको मोवाइल बोक्ने व्यक्तिलाई भारतबाट समात्यो । त्यसपछि मात्र प्रहरीलाई टोपबहादुर पोखरामै लुकेको थाहा भएको हो ।

काठमाडौंबाट त्यसपछि प्रहरी विषेश ब्यूरोको टोली पोखरा पुग्यो । भारतमा आफ्नो सहयोगी पक्राउ परेको खबर उनले पनि पाएको हुनुपर्छ । त्यसैले प्रहरी पोखरा पुग्नु अघि नै उनी शनिबार राति पोखराबाट काठमाडौं छिरे। त्यसपछि प्रहरीले पोखरामा उनलाई सेल्टर दिने व्यक्तिलाई पिछा गर्यो। सेल्टर दिने ति व्यक्तिले नै टोपबहादुरलाई काठमाडौं छाडेर फेरि पोखरा फर्किएका रहेछन्। उनलाई नियन्त्रणमा लिएपछि बल्ल प्रहरी रायमाझीसम्म पुग्यो । उनी बुढानिलकण्ठ पासिकोटस्थित आफ्नो एक कार्यकर्ताको घरमा बसेका रहेछन् । प्रहरीले उनलाई त्यहिँबाट समात्न सफल भयो ।

टोपबहादुरसहित अब नक्कली भुटानी शरणार्थी प्रकरणमा १३ जना पक्राउ परेका छन् । यसअघि पूपूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ३९ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य