६ श्रावण २०८३, बुधबार | July 22, 2026

इमरान खानले भने, ‘मलाई १० बर्ष जेल हाल्न खोजिएको छ’



इस्लामबाद । पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ ।  पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) प्रमुखले सोमबार बिहान ट्वीटहरूको श्रृंखलामा भने, ‘म जेलमा हुँदा उनीहरूले हिंसाको बहानामा न्यायाधीश, निर्णायक र जल्लादको भूमिका निभाएका थिए। अब बुशरा बेगम (खानकी पत्नी) लाई जेलमा हाल्ने र देशद्रोहको कानुन प्रयोग गरेर मलाई आगामी १० वर्ष जेलमा राखेर अपमान गर्ने योजना हो ।’

इमरान खानको लाहोरस्थित निवासमा पीटीआई नेताहरूको बैठकपछि यो ट्वीट आएको हो । ७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटेका छन् । ‘मानिसहरूले प्रतिक्रिया नदेओस् भनेर सुनिश्चित गर्न, तिनीहरूले दुईवटा काम गरेका छन्  पहिलो, जानाजानी पीटीआई कार्यकर्ताहरूलाई मात्र होइन, आम नागरिकहरूलाई पनि आतंकित पार्ने र  दोस्रो, मिडियालाई पूर्ण रूपमा नियन्त्रित गरेर र दमन गरिएको छ’ उनले भने ।

इमरान खानले यी ‘अपराधी’ हरूले जसरी  ‘चादर र चार दिवारी’को पवित्रता हनन गरिरहेका जनाउँदै उनले त्यो आजसम्म कहिल्यै नभएको पनि बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ११ : १० बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय