११ भदौ २०८३, बिहिबार | August 27, 2026

बाँकेका होटेलमा छुटसहितको प्याकेज घोषणा


१ जेष्ठ २०८०, सोमबार  

481
Shares

काठमाडौं । बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् ।

केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष तथा सङ्घका केन्द्रीय सदस्य भीमलाल कँडेलले जानकारी दिए ।

उनले उक्त प्याकेज जेठ महिनाका लागि मात्रै भएको जानकारी दिँदै अहिले चार होटेलले मात्रै गरेको तर केही दिनपछि सबैले प्याकेजको घोषणा गर्ने बताए । “एक महिनाभरि यसको कस्तो परिणाम आउँछ, त्ससको समीक्षा गर्छौं र पुनःयसलाई निरन्तरता दिन्छौँ”, उनले भने। खास गरी महाआरतीमा सहभागी हुन आउने भारतीय पर्यटकको बसाइँ लम्ब्याउन सो प्याकेज घोषणा गरेको बताइएको छ ।

नेपालगञ्जको गणेशमान चोकमा रहेको होटेल इन्द्रेणीले होटेलमा आउने अतिथिका लागि दुई छाक खाना निःशुल्क गरेको छ । बागेश्वरी हल रोडमा रहेको अप्सरा होटेलले बास बस्नका लागि होटेलका कोठामा ५० प्रतिशत छुट गरेको छ । स्वर्गद्धारी होटेलले एक छाक खाना निःशुल्क र दङ्गाली होटेलले दुई जनालाई होटेलमा कोठा निःशुल्क हुने जनाएको छ ।

होटेल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खडकाले अहिले पर्यटकका लागि सुरुआत मात्र भएको उल्लेख गर्दै सबै होटेल व्यवसायीलाई प्याकेज घोषणा गर्न आह्वान गरेको बताए । उनले सङ्घको निर्णयानुसार उक्त प्याकेज घोषणा भएको जानकारी दिनुभयो । बाँकेमा साना तथा ठूला गरेर करिब तीन हजार बढी होटेल सञ्चालनमा छन् ।

बागेश्वरी मन्दिरमा सुरु भएको महाआरतीपछि धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ । मन्दिर आउने भक्तजनलाई लक्षित गरेर सो प्याकेज ल्याइएको जनाइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : ०७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि