११ भदौ २०८३, बिहिबार | August 27, 2026

चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेकाे आज पनि उद्दार प्रयास हुदैँ



दार्चुला । मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरुलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

यार्सागुम्बा टिप्न जाँदा गत शनिवार दार्चुलाको व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलवार बिहान पुनः प्रयास गरिन लागिएको हो  ।

सो चटयाङवाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई आज फेरी उद्धारको प्रयास गरिने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलवार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौं’ उनले भने ।

सो चटयाङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल माथी चटयाङ परे पछि तीनै जना घाइते भएका थिए ।

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमवारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुरयाइएको छ तर उनीहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेकाे छैन् । हिजाे मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरुलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : १० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि