३ पुस २०८२, बिहिबार | December 18, 2025

इरानी विदेशमन्त्री सिरियाको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोगका निम्ति आग्रह



काठमाडौं । इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तरराष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् ।

उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको पन उल्लेख गरेका छन् । मन्त्री अब्दुल्लाहियानले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौधपक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तरराष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो ।

अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताए ।

मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन् । उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् ।

सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको शुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : १२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका