३ पुस २०८२, बिहिबार | December 18, 2025

सक्रिय हुन थाले संसदीय समिति, जेष्ठ सदस्यको अध्यक्षतामा बस्यो १० वटै समितिको बैठक



काठमाडौं। निर्वाचन सम्पन्न भएको पाँच महिना पछि संसदीय समितिका बैठक बसेको छ ।

सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा आज एकै पटक १० वटा विषयगत समितिहरुको बैठक सुरु भएको हो । सबै समितिका जेष्ठ सदस्यको अध्यक्षतामा सबै समितिको अलग अलग बैठक बसेको छ । सभापति चयन नहुन्जेल अध्यक्षता जेष्ठ सदस्यले गर्ने गर्छन् ।

पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

सार्वजनिक लेखा समितिको अध्यक्षता कांग्रेस सांसद अर्जुन नरसिंह केसीले गरेका छन् । सो समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने भएको छ । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिको बैठक ज्येष्ठ सदस्य एमाले सांसद कालुराम राईले गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राप्रपाका सांसद पशुपति समशेर ले गरेका छन् । यसैगरी पूर्वाधार विकास समितिको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अध्यक्षता माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १० : ४० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको