६ पुस २०८२, आइतबार | December 21, 2025

आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैंः कांग्रेस प्रबक्ता



काठमाडौ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रिय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन् ।

सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् ।

‘आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यस्को सत्यतथ्य अझै बाहिर आएको छैन्, यो आउनु पर्छ भनेर भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ ।’

मगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि जनाएका छन । ‘बालकृष्ण खाँणजी माथी पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।

सो बिषयलाई लिएर पार्टी भित्र कुनै बिबाद नभएको पनि उनको भनाई छ । ‘महामन्त्रीहरुले पनि त्यसवारेमा कुनै फरक मत राख्नु भएको छै्रन, पार्टी निर्णय प्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १२ : ४१ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन