९ भदौ २०८३, मंगलबार | August 25, 2026

‘व्हाट्सएप’ मा अब ‘च्याट’ गोप्य राख्न सकिने



काठमाडाैं । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन् । यो फिचरलाई ‘व्हाट्सएप च्याट लक’ फिचर भनिन्छ ।

ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप निजी अर्थात् अझ सुरक्षित बनाउने छ ।’

जुकरबर्गले लेखेका छन् कि, ‘यो सुविधाले तपाइँको सबै व्यक्तिगत जानकारी पासवर्ड मार्फत सुरक्षित गर्नेछ । यसले यी सबै जानकारीलाई छुट्टै फोल्डरमा राख्नेछ । जब कसैले तपाईलाई सन्देश पठाउँछ र तपाईंले च्याट लक गर्नुहुन्छ, प्रेषकको नाम र सन्देश दुवै लुकाइने छ ।’

जुकरबर्ग भन्छन् कि, ‘यदि तपाईले च्याट लक गर्नुभयो भने, अब यो केवल पासवर्ड वा बायोमेट्रिक मार्फत देख्न सकिन्छ । यो सुविधाले च्याटलाई सूचनाहरूबाट पनि हटाउनेछ । अर्थात्, तपाईंले कसैसँग च्याट लक गर्नुभयो, त्यसपछि अरू कसैको हातमा फोन भए पनि तिनीहरूले त्यो देख्न सक्ने छैनन् । साथै, यस च्याटसँग सम्बन्धित कुनै सूचना आउने छैन ।’

जुकरबर्ग भन्छन् अगाडी याे भन्छन कि, ‘यो फिचर ती व्यक्तिहरूका लागि फाइदाजनक छ, जसले आफ्नो फोन कुनै न कुनै कारणले अन्य व्यक्तिलाई दिन्छन् । फोन पनि परिवारका सदस्यहरूसँग साझा गर्नुपर्छ । यस्तो अवस्थामा उनको व्यक्तिगत कुरा सधैं गोप्य रहन्छ ।

मेटाका सीईओले यो च्याट लकमा फोनको लक कोड राख्नु आवश्यक नरहेको बताए । यो अलग सेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ४ : २३ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै