२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘व्हाट्सएप’ मा अब ‘च्याट’ गोप्य राख्न सकिने



काठमाडाैं । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन् । यो फिचरलाई ‘व्हाट्सएप च्याट लक’ फिचर भनिन्छ ।

ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप निजी अर्थात् अझ सुरक्षित बनाउने छ ।’

जुकरबर्गले लेखेका छन् कि, ‘यो सुविधाले तपाइँको सबै व्यक्तिगत जानकारी पासवर्ड मार्फत सुरक्षित गर्नेछ । यसले यी सबै जानकारीलाई छुट्टै फोल्डरमा राख्नेछ । जब कसैले तपाईलाई सन्देश पठाउँछ र तपाईंले च्याट लक गर्नुहुन्छ, प्रेषकको नाम र सन्देश दुवै लुकाइने छ ।’

जुकरबर्ग भन्छन् कि, ‘यदि तपाईले च्याट लक गर्नुभयो भने, अब यो केवल पासवर्ड वा बायोमेट्रिक मार्फत देख्न सकिन्छ । यो सुविधाले च्याटलाई सूचनाहरूबाट पनि हटाउनेछ । अर्थात्, तपाईंले कसैसँग च्याट लक गर्नुभयो, त्यसपछि अरू कसैको हातमा फोन भए पनि तिनीहरूले त्यो देख्न सक्ने छैनन् । साथै, यस च्याटसँग सम्बन्धित कुनै सूचना आउने छैन ।’

जुकरबर्ग भन्छन् अगाडी याे भन्छन कि, ‘यो फिचर ती व्यक्तिहरूका लागि फाइदाजनक छ, जसले आफ्नो फोन कुनै न कुनै कारणले अन्य व्यक्तिलाई दिन्छन् । फोन पनि परिवारका सदस्यहरूसँग साझा गर्नुपर्छ । यस्तो अवस्थामा उनको व्यक्तिगत कुरा सधैं गोप्य रहन्छ ।

मेटाका सीईओले यो च्याट लकमा फोनको लक कोड राख्नु आवश्यक नरहेको बताए । यो अलग सेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ४ : २३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न