१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जापानमा भएको बस दुर्घटनामा २ नेपाली बिद्यार्थीको मृत्यु



काठमाडौं । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली बिद्यार्थीको मृत्यु भएको छ।

जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा नकाभ्रेका नवराज तामाङ र युवराज थापा रहेक छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् ।

जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकलेआएर ठक्कर दिएको हो ।

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीनजनाले ज्यान गुमाए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ८ : १९ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल