६ पुस २०८२, आइतबार | December 21, 2025

सर्वाेच्च अदालतको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छः रेशम चौधरी



काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।

जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वोच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् ।

डिल्ली बजार कारागारमा रहेका चौधरीले बुधबार विज्ञप्ति जारी गरेर अदालतको आदेश स्वीकार्ने भन्दै सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न पनि आग्रह गरेका छन् ।

‘मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

विज्ञप्ति :

पार्टीका नेता कार्यकर्ता, वुद्धिजीवि, मेरा समर्थक तथा दाजुभाई
दिदी बहिनीहरु !

मिति २०८० जेष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनराओलोकनको बारो हाम्रो लागि खुला छ । हामी सम्मानीत अदालतलाई सदा सम्मान गर्छौ, साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जलाभावी सामाजिक संजालमा जे पायो त्यहि पोष्ट नगर्न हुन अनुरोध गर्दछु । मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक प्रवाहमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ । म डिल्लीबजार कारणारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको हुँ । स्वस्थ हुँ । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको हुँ । केहिदिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात हुनेछु  भन्दै विदा चाहन्छ। जय नागरिक ।
रेशम चौधरी, डिल्लीबजार कारागार 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : १३ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम