६ पुस २०८२, आइतबार | December 21, 2025

चेम्बर अफ कमर्स रुपन्देही र गोरखाबीच छलफल



भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र गोरखा चेम्बर अफ कमर्सबीच भेटघाट तथा छलफल भएको छ । अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमअन्तर्गत बुधबार गोरखा आइपुगेको संगठनको टोलीलाई गोरखा चेम्बरले स्वागत गरेको हो ।

स्वागत, भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले संस्थाले उद्योगी-व्यवसायीको नेतृत्व गर्दै आएको बताए । उनले गोरखा चेम्बर अफ कमर्स छोटो समयमा अब्बल संस्थाको रुपमा स्थापित भएको बताए । उनले भने, ‘दशैं सस्तो बजार मेला, व्यापार मेला, सडक महोत्सव, स्वास्थ्य सामग्री वितरण, अन्तर चेम्बर भ्रमण, करसम्बन्धी सचेतनालगायत कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं ।’ संस्थामा हाल ४२५ जना सदस्य आबद्ध रहेको उनले जानकारी दिए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले मेला महोत्सव आयोजना गर्दै आएको बताए । उनले रुपन्देहीमा भएका विकास निर्माण कार्यहरुमा संगठनले निरन्तर सल्लाह सुझाव दिदै आएको बताए । उनले भने, ‘विभिन्न चेम्बर अफ कमर्सबीच सम्बन्ध बलियो बनाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमण कार्यक्रम गरिएको हो । यसले चेम्बर अफ कमर्सबीच थप बलियो सम्बन्ध स्थापित गर्नेमा विश्वस्त छौं । ’

अध्यक्ष ज्ञवालीले लुम्बिनीमा आउने पर्यटकलाई गोरखा र गोरखा आउने पर्यटकलाई लुम्बिनी लैजान आ–आफ्नोतर्फबाट पहल गर्नुपर्ने बताए । संगठनले वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ज्ञवालीको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीमा हाल ५ हजार जना सदस्यहरु आबद्ध रहेको उनले जानकारी दिए ।

गोरखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले संस्थाको सीमित आम्दानी मुख्य चुनौती रहेको बताए ।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विष्णु राना मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वार्षिक कार्ययोजनाअन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न चेम्बर अफ कमर्सबीच थप प्रगाढ सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोरखा, पोखरालगायत स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको संगठनका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले बताए । चारदिने भ्रमण टोलीमा २० जनाको सहभागीता रहेको संगठनका महासचिव सचिन रोक्काले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : १३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको