१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्ववियू निर्वाचन​​



बुटवल । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । उच्च अदालत तुलसीपुरको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो ।

गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलले स्ववियू निर्वाचनको मिति तोक्न उत्प्रेरषणयुक्त आदेश दिएको थियो ।

क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते निर्वाचन हुनेछ । क्याम्समा चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

अदालतको आदेशअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए । गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगन गरेपछि क्याम्पसविरुद्ध रिट निवेदन परेको थियो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशन बाँकी रहेको निर्वाचन सम्पन्न गर्न परिपत्र समेत गरेको थियो । स्ववियू चुनाव देशभर गएको चैत ५ गते भएको थियो । छिटपुट विभिन्न मितिमा हुँदै आएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व स्ववियू सचिव एवं नेकपा एमाले रुपन्देहीका विद्यार्थी फाँट प्रमुख यम पाण्डेले विद्यार्थी हक हित र अधिकारको संरक्षण गर्न, योग्य नेतृत्व उत्पादन र स्थापित गर्न स्ववियु कोशेढुंगा रहेको बताए ।

‘विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने खेलमा राजनीतिक दलहरू लाग्न हुन्न’ उनले भने । स्वच्छ निर्वाचनका लागि दलहरूले सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना विद्यार्थी संगठनहरू परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १० : ११ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा