२२ भदौ २०८३, सोमबार | September 8, 2026

‘विवाह’पछि अभिनेत्री अमृता रावलाई विवाह प्रस्तावको ओइरो



मुम्बई । अभिनेत्री अमृता रावले सन् २००६ मा रिलिज फिल्म ‘विवाह’मार्फत बलिउडमा पहिचान पाइन् । यो उनको करियरको सबैभन्दा उत्कृष्ट र हिट फिल्ममध्ये एक हो ।

हालैमात्र उनले फिल्ममा काम गर्दाको अनुभव सुनाएकी थिइन् । उनका अनुसार ‘विवाह’मा काम गरेपछि उनलाई टाढा-टाढाबाट विवाहको प्रस्ताव आएका थिए ।

प्रोडक्सन व्यानर राजश्री प्रोडक्सनको युट्युब च्यानललाई दिएको अन्तर्वार्तमा अमृताले फिल्मको दिनको सम्झना गरेकी छन् । ‘जब फिल्म रिलिज भयो, तब मलाई विवाहका लागि धेरै प्रस्ताव आउन थाले । भारतमा त्यो बेला यति धेरै स्मार्ट फोन थिएनन्, त्यहीकारण मलाई धेरै चिठी क्यानडा र अमेरिकाबाट आए,’ अमृता भन्छिन् ।

अमृताका अनुसार उनलाई मानिसहरुले आफ्नो घर, आमा र कारको तस्वीर पठाउँथे । ‘यी कुरा देखेर मलाई हाँस उठ्थ्यो । तर जब म पछाडि फर्किन्छु, एउटा भूमिकाको असर मानिसमा कतिसम्म पर्दोरहेछ भनेर चित्त बुझाउँछ । यो निकै जादुमयी कुरा थियो’, अमृता बताउँछिन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ३ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार