१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘विवाह’पछि अभिनेत्री अमृता रावलाई विवाह प्रस्तावको ओइरो



मुम्बई । अभिनेत्री अमृता रावले सन् २००६ मा रिलिज फिल्म ‘विवाह’मार्फत बलिउडमा पहिचान पाइन् । यो उनको करियरको सबैभन्दा उत्कृष्ट र हिट फिल्ममध्ये एक हो ।

हालैमात्र उनले फिल्ममा काम गर्दाको अनुभव सुनाएकी थिइन् । उनका अनुसार ‘विवाह’मा काम गरेपछि उनलाई टाढा-टाढाबाट विवाहको प्रस्ताव आएका थिए ।

प्रोडक्सन व्यानर राजश्री प्रोडक्सनको युट्युब च्यानललाई दिएको अन्तर्वार्तमा अमृताले फिल्मको दिनको सम्झना गरेकी छन् । ‘जब फिल्म रिलिज भयो, तब मलाई विवाहका लागि धेरै प्रस्ताव आउन थाले । भारतमा त्यो बेला यति धेरै स्मार्ट फोन थिएनन्, त्यहीकारण मलाई धेरै चिठी क्यानडा र अमेरिकाबाट आए,’ अमृता भन्छिन् ।

अमृताका अनुसार उनलाई मानिसहरुले आफ्नो घर, आमा र कारको तस्वीर पठाउँथे । ‘यी कुरा देखेर मलाई हाँस उठ्थ्यो । तर जब म पछाडि फर्किन्छु, एउटा भूमिकाको असर मानिसमा कतिसम्म पर्दोरहेछ भनेर चित्त बुझाउँछ । यो निकै जादुमयी कुरा थियो’, अमृता बताउँछिन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ३ : ५१ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको