२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बुटवलमा राजनीतिक दल, बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल



बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्र र निकायका व्यक्तिहरुसँग सुझाव संकलन कार्यक्रमअन्तरगत बिहीबार राजनीतिक दल, बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

छलफलको चौधौं श्रृङ्खलाअन्तरगत बिहीबार बिहान बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रतिनिधिसँग भएको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा कार्यालय रहेका सबै बैंक, वित्तिय संस्था र इन्स्योरेन्सहरुलाई बुटवल उपमहानगरपालिकामातहतमा आउन आह्वान गरे । उनले बुटवलमा सञ्चालन भएर पनि वैधानिक हिसाबले करको दायरामा नआएका सबै बैंक, वित्तिय संस्था र इन्स्योरेन्सहरुलाई विधि र नियमको पालना गर्न आग्रह गरे ।

उनले बुटवलको समृद्धिमा आर्थिक क्षेत्रमा सक्रिय संस्थाहरुको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले सहकार्य र समन्वय गर्नका लागि आग्रह गरे । उनले सामाजिक क्षेत्रमा सरकारी क्षेत्रको मात्रै नभई निजी क्षेत्रको समेत सक्रियता आवश्यक पर्ने भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी काम गर्न आग्रह गरे ।

उनले सबै क्षेत्र र निकायसँगको छलफल र सुझावका आधारमा बुटवलको विकास सम्भव भएकाले सबैको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै आगामी नीति कार्यक्रम र बजेट ल्याउने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको सहकार्य र समन्वय जरुरी हुने बताइन । उनले सामाजिक क्षेत्रमा धेरै काम गरेपनि उपमहानगरपालिकासँग समन्वय नगर्दा सरकारी हिसाबले कुनै तथ्यांकमा नरहेकोले समन्वय र सहकार्य गर्नका लागि आग्रह गरिन ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्र सञ्चालन भएका सबै खालका व्यवसाय कानूनको दायरामा आउनुपर्ने बताए । उनले सहकारीका क्षेत्रमा केही समस्या देखिएको र आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहका क्षेत्राधिकारमा पर्ने सबै सहकारीलाई कानुनी दायरामा ल्याउने र नियमन गर्ने गरी तयारी भइरहेको बताए ।

कार्यक्रममा सहभागीहरुले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर काम गर्न इच्छुक रहेकोले आगामी आर्थिक वर्षदेखि नीतिगत तहबाट सहकार्य र समन्वयको वातावरण तयार गर्न सुझाव दिएका थिए । उनीहरुले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकारका रुपमा वास्तविकता बाहिर ल्याउनका लागि अगुवाई गर्नुपर्ने बताएका थिए ।

यस्तै बिहीबार दिउसो राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल तथा सुझाव संकलन कार्यक्रम भएको छ । राजनीतिक दलका जिल्ला, क्षेत्र र नगरका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलका क्रममा दलका प्रतिनिधिहरुले बुटवलको विकासमा संघ, प्रदेश र स्थानीय सरकारका बीचमा योजना कार्यान्वयनमा समन्वय नहुँदा योजनाहरु समयमा पूरा हुन नसकेको बताए । उनीहरुले संघ र प्रदेशबाट साना योजनाहरु ल्याउने र योजना दोहोरिने गर्दा अलमल हुने गरेको बताएका थिए । दलका अध्यक्ष तथा प्रतिनिधिहरुले निर्माण कम्पनीहरुले समयमा काम सम्पन्न नगर्दा त्यसको दोष सरकार र राजनीतिक दलहरुमाथि आइरहेको भन्दै समयमा योजना पूरा नगर्ने निर्माण कम्पनीहरुलाई कारबाही गर्न सुझाव दिएका थिए ।

बुटवलमा शिक्षा, स्वास्थ्यका क्षेत्रमा निजी र सरकारी क्षेत्रमै एकरुपता नभएको र सरकारी क्षेत्रले समेत निजीले जसरी रकम असुल्ने गरेको पाइएकोले त्यसलाई नियन्त्रण गर्नतर्फ बुटवलले चासो दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले विकासमा लय समात्दै गरेको र आर्थिक वर्ष पूरा हुँदै गर्दा बुटवलको विकासको नतिजा देखिने बताए । उनले सबै राजनीतिक दलहरुको बुटवलको विकासको चासो र चिन्ता रहेको बताउँदै सकारात्मक र सिर्जनात्मक सुझावको अपेक्षा रहेको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सबै राजनीतिक दलहरु मिलेर बुटवलको विकासमा केन्द्रित हुनुपर्ने बताइन ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रशासनिक कामकारबाही चुस्त बनाउँदै जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा सुधार भएको र सहज भएको बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ५५ बजे

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो

शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ