१ पुस २०८२, मंगलबार | December 17, 2025

राष्ट्रिय जनमोर्चा बुटवलनगर सम्मेलन सम्पन्न

१३ पूर्ण र ४ बैकल्पिकसहित १७ सदस्यिय नगर समिति सर्वसम्मत चयन



बुटवल । राष्ट्रिय जनमोर्चा, बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन नया नेतृत्व चयन गर्दै विहिवार बुटवलमा सम्पन्न भएको छ ।

सम्मेलनले पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण र ४ बैकल्पिक गरि १७ सदस्यिय नगर कार्य समिति सर्वसम्मत चयन गरेको सो पार्टीले जनाएको छ । जसमा उपाध्यक्ष माया खनाल, सचिवमा गंगालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल वञ्जाडे निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहेका छन । बैकल्पिक सदस्यमा दिपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन भएका छन ।

सम्मेलनले सल्लाहाकारमा कृष्णप्रसाद पोखरेल, दिपक थापा, राप्रसाद पाण्डे, रामबहादुर विक, उमलाल वञ्जाडे, गनीराम विसी, थम्मन बहादुर पुलामीलाई चयन गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले निष्ठा र नैतिकताको राजनीति हराउदै गएको वर्तमान अवश्थामा जनताका समस्याहरु समाधान गर्ने आन्दोलन कमजोर बनेको बताए । पछिल्ला दिनहरुमा देखा परेका अराजनैतिक क्रियाकलापले पार्टीहरुले निष्ठा गुमाएको जिकिर गर्दै जनताको पक्षमा बोल्ने र संघर्ष गर्ने उभ्याउन कार्यकर्ताहरुलाई आलमले आग्रह गरे ।

उनले बाहिरी शक्तिको चलखेलमा गणतन्त्र र धर्मनिरपेक्षतालाई खतम गर्ने षडयन्त्र भैरहेको बताउदै गणतन्त्रको रक्षाको प्रश्न जटिल बनेको धारणा राखे । आलमले आफ्नो पार्टीले जनताको माझमा सधै निष्ठाको राजनीति गरेको दावी गर्दै संघिय प्रणालीले मुलुकलाई अधोगति तिर जान्छ भन्ने आफुहरुको भनाई प्रमाणित हुदै गएको बताए ।

नगर अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्ष्ता, उपाध्यक्ष कृष्ण प्रसाद पोखरेलको स्वागत र सचिव गंगालाल सापकोटोको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न शुभेक्षुक संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले समापनका अवसरमा पार्टीलाई जनतको माझमा जनताको साथमा लैजानको लागि बलियो संगठनको आवश्यक्ता पर्ने हुदा त्यसमा सबैलाई सक्रिय भएर लाग्न आग्रह गरे । अन्य पार्टी र संगठनलाई हेरेर होइन आफ्नो पार्टीको नीति र कार्यक्रममा विचलित नभएर लाग्न पनि उनले सो अवसरमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष