७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च



लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ ।

गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।

लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उहाँको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।

अर्थमन्त्री जोन ग्लेनले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिकमामिला मन्त्रालय अन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताएका छन् । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको उनले बताए ।

“महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बर २०२२ मा भएको निधन र त्यसपछिको राष्ट्रिय शोकको अवधि ठूलो राष्ट्रिय महत्वको क्षण थियो,” ग्लेनले खर्च आवश्यक भएको पुष्टि गर्दै भने, “सरकारको प्राथमिकता भनेको यी कार्यक्रमहरू उचित स्तरको सुरक्षा र गरिमाका साथ सञ्चालन गर्नु थियो ।”

बकिङ्घम प्यालेसले उक्त सुरक्षा अभियानका क्रममा १० करोडभन्दा पाउन्डस्टर्लिङ्ग भन्दा बढी खर्च भएको भन्ने समाचारलाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ३८ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी