१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सगरमाथा आरोहणका क्रममा यस सिजनमा मात्रै गुमाए ११ जनाले ज्यान



काठमाडौं । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो ।

मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ ।

सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् । ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने ।

सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयारी गरिदै गरेको पर्यटन बोर्डले जनाएको छ ।

यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १० : ५४ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट