४ भदौ २०८३, बिहिबार | August 21, 2026

नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराती



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन् । उनले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले आर्थिक समृद्धिका निम्ति हामीले नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए । आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ । उनले भने । निर्यातको दृष्टिले हेर्दा नगन्य मात्रामा रहेको उनको भनाइ छ ।

मन्त्री किरातीले भने, “हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ । विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ । ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन ।” राष्ट्रवादी भनेको आफ्नै उत्पादन, आफ्नै बजार, आफ्नै आर्थिक विकास र समृद्धिको बाटो रोज्नुपर्ने उनले बताए ।

उनले थपे, “नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ । सपनाले मानिसलाई डोर्याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ । नेपाली मौलिक भान्साघरमा तपाईँहरूले त्यही बाटो डोर्याउनुभएको रहेछ ।”

मौलिक भान्साघरका सञ्चालक सुमन दाहालले नेपाली भान्साघरमा ८४ थरिका परिकार आफ्नै स्वादमा खान पाइने बताए । उनले हप्ताका सात बार सात प्रदेशका विषेश परिकार, सात पछि सात स्वाद, सातै दिन सांस्कृतिक साँझ भनेर नयाँ ढङ्गले भान्सा घर सञ्चालन गरेको बताए । उनले बसे पनि सहर, गाउँकै खाने रहर नारालाई मध्यनजर गर्दै आएको जनाए ।

त्यसैगरी डिजफर नेपालका अशोक काफ्लेले बाँझो जग्गामा उत्पादन गर्न सरकारले सम्बन्धित जग्गाधनीसँग सहजीकरण गर्न आवश्यक रहेको धारणा राखे । देशका अर्ग्यानिक उत्पादनलाई बढाउनुपर्ने र बजारीकरण गर्नुुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : ३८ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका