२९ भदौ २०८३, सोमबार | September 14, 2026

आर्सनल हारेपछि तीन खेल अघि नै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन



काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा नोटिङ्घम फरेस्टसँग १-० गोलको नतिजामा आर्सनल पराजित भएसँगै म्यानचेस्टर सिटी तीन खेल अघि नै च्याम्पियन बनेको छ।

फरेस्टको मैदानमा भएको खेलको १९ औं मिनेटमा ताइवो आवोनियीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । आर्सनलका कप्तान मार्टिन ओडिगार्डले दिएको पास फरेस्टका गिब्स ह्वाइटको खुट्टामा पुगेको थियो । उनले बक्समा गरेको क्रसमा आर्सनलका डिफेन्डर गाब्रियलले ट्याकलमार्फत क्लियर गर्न खोजेका थिए । तर, फरवार्ड आवोनियीलाई लागेर गोलमा परिणत भएपछि आर्सनल पछि परेको थियो । बाँकी समयमा गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा आर्सनल उपाधि होडबाट बाहिरियो ।

जितसँगै फरेस्ट ३७ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको १६ औं स्थानमा उक्लिएको छ । महत्वपूर्ण तीन अंक जोडेसँगै फरेस्ट रेलिगेसनबाट पनि जोगिएको छ । समान खेलबाट ८१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । लामो समय लिग लिडर रहेको आर्सनल पछिल्ला पाँचमध्ये तीन खेलमा पराजित भएपछि उपाधि सिटीले जितेको हो । लिगमा तीन खेल खेल्न बाँकी सिटीको ३५ खेलबाट ८५ अंक छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ६ : ५० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा