३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवल्दार घाइते



विराटनगर । गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन् । भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन ।

विराटनगर महानगरपालिका-१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङ प्रहरीका डीएसपी एवम प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।

उनको कोशी अस्पतालमा उपचार भईरहेको छ । उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भए पनि सो घटनामा संलग्नहरु भने फरार हुन सफल भएका छन । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ८ : ३६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र