२३ भदौ २०८३, मंगलबार | September 8, 2026

गुल्मी दरबार नेपालमै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा



गुल्मी । नेपालमै पहिलोपटक गुल्मी दरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाँउपालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराएका छन् । घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए ।
गुल्मीदरबार गाउँपालिकाका दिवङ्गत तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दीर्घकालीन योजना बनाउँदा पोषण तथा मातृशिशु सेवालाई प्राथमिकता दिएको थियो । सोही योजना र कार्यक्रमअनुसार गाउँपालिकाले स्थापनाकालदेखि नै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण गर्ने, नेपालमै पहिलोपटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको सुरुआत, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्य चौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।
गाउँपालिका प्रमुख सरोजकुमार थापाले नागरिकका स्वास्थ्यप्रतिको आशा स्थानीय सरकारसँग निकै बढिरहेको बताए । स्थानीय सरकारलाई आफ्ना बजेटका सीमाका कारण नागरिकका सबै आशाहरूलाई पूरा गर्न चुनौती रहेको भन्दै व्यवस्थित योजनामार्फत अभियानलाई निरन्तरता दिने विषयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।
अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामीण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो । पाँच वर्षको निरन्तर प्रयासपश्चात् अहिले गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताए । नियमित खोपतर्फ गाउँपालिका पूर्णखोप र कोभिड–१९ खोप पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्री, छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र स्वास्थ्य कार्यालयलका जनस्वास्थ्य अधिकृत बोम अर्याललगायतले पोषणमैत्री कार्यक्रलाई दिगोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १० : ३१ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा