१७ असार २०८३, बुधबार | July 1, 2026

एम्बाप्पे चम्किदा पिएसजी फ्रेन्च लिगको उपाधी नजिक



काठमाडौं । केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले  जीत हासिल गरेको छ ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ । आइतबार राति अक्सेरेमाथि २-१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडी रहन पुगेकाे हाे ।

आइतबारको खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १-० को सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछि अर्थात ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २-० मा टुंगियो ।

तर, दोस्रो हाफको सुरुवाती अर्थात ५१ औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २-१ को स्थिति फर्काए । तर, त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन अन्तत खेल २-० मा नै टुंगिन पुग्यो ।

फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ । तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११ औं पटक च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : २५ बजे

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ