१५ माघ २०८२, बिहिबार | January 29, 2026

मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो



बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।

नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो ।
अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगको नामबाट पहिचान गरिएको आधार शिविर पुग्ने पदमार्गको प्रचारप्रसार र प्रर्वद्धनका लागि यही जेठ ४ गतेदेखि ७ गतेसम्म सरोकारवालाको सहभागितामा स्थलगत अध्ययन अवलोकन भ्रमण गरिएको छ । जिल्लास्थित पत्रकार, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटन व्यवसायी, स्थानीयवासी, लगायतका सरोकारवालासमेतको ३६ जनाको टोलीले पदमार्ग हुँदै आधार शिविर पुगेर स्थलगत अवलोकनसहित पर्यटन सम्भावना र चुनौतीका विषयमा अन्तक्र्रिया गरेका हुन् ।

नारच्याङदेखि कूल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि एकै दिनमा आधार शिविर पुग्न सकिने अवस्था तयार भएकाले यस क्षेत्रको प्रचारप्रसारका लागि प्रवद्र्धन अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

“मौरिस हर्जोगले अन्नपूर्णको आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएको छ, प्राकृतिक सुन्दरताले भरिएको अन्नपूर्ण आधार शिविरमा एकै दिनपुग्न सकिने भएपछि यसको प्रवद्र्धनमा गाउँपालिकाले अभियान चलाएको छ, अध्ययन टोलीको सुझाव र प्रतिवेदनका आधारमा यस क्षेत्रका समस्याको पहिचान र निराकरणमा हाम्रो पहलकदमी रहन्छ”, उनले भने ।

गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको टोलीले आधार गत महिना शिविर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सरोकारवालालाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको नर्थ अन्नपूर्ण प्रवद्र्धन टोलीमा सहभागीमध्ये १५ जनाको टोली गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि एकै दिनमा आधार शिविर पुग्न सफल भएका थिए । टोलीले आधार शिविर क्षेत्रको सम्भावना, समस्या र चुनौतीका विषयमा समुद्री सतहदेखि चार हजार तीन सय पाँच मिटरको उचाइँमा रहेको अन्नपूर्ण प्रथमको आधार शिविरमा अन्तक्र्रियासमेत गरेका थिए । सम्भावनाले भरिपूर्ण नर्थ अन्नपूर्ण आधार शिविरलाई प्रचार प्रसारका माध्ययममार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रवद्र्धन अभियानलाई व्यापक बनाउने टोलीले निष्कर्ष निकालेको टोलीमा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

“नर्थ अन्नपूर्णको प्रवद्र्धनमा गाउँपालिकाबाट भएको यो पहिलो प्रयास हो, यहाँ लुकेर रहेको अथाह सम्भावनालाई उजागर गर्नसके यस क्षेत्रमा पर्यटन विकासको मूल फुटाउन सकिन्छ, गाउँपालिकाले समेत यसका लागि आवश्यक योजना तयार गरिरहेको छ”, उनले भने । उक्त टोलीमा सहभागीले गाउँपालिकाले आधार शिविरको चार हजार एक सय मिटरमा आयोजना गरेको मैत्रीपूर्ण एक सय मिटर दौड, छेलो फाल्ने र अन्ध निसान प्रतियोगितामा समेत सहभागिता जनाएका थिए ।

उच्च उचाइँमा आयोजित खेलकुद प्रतियोगिताले अन्नपूर्ण आधार शिविरको महत्वलाई थप उजागर गरेको अध्ययन अवलोकन टोलीले निचोड निकालेको छ । पदमार्ग र झोलुङ्गे पुलको मर्मत सुधारका लागि गाउँपालिकाले पहल थालिसकेको छ । अहिले आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, सांधीखर्क, हुमखोला र छोटेपा गरी सात ठाउँमा आश्रयस्थलका पूर्वाधार तयार भएका छन् । पर्यटकको आगमन बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आधार शिविर र भुसकेट मेलामा थप आश्रयस्थल निर्माण, खानेपानीको सुविधा विस्तार, मोबाइल फोनको पहुँच विस्तारलगायतका काम गर्न आवश्यक रहेको नारच्याङका पर्यटन अगुवा तेज गुरुङले बताए ।

“एकै दिनमा आधार शिविर पुग्न सकिने पूर्वाधार तयार भएको कुरा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ, अझै पनि पर्यटक हेलिकप्टरमार्फत आधार शिविर पुग्ने गर्छन, कम्तीमा पदमार्गको प्रचारप्रसार गर्नसके पदमार्ग हुँदै आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढ्न सक्छ”, उनले भने । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्जोगले आरोहणका लागि आधार शिविर जानप्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’ को पहिचान गरिएको थियो ।

छोटो पैदलयात्रा र सुरक्षितरुपमा सुरक्षित अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले रु ४० लाख बढी लगानी गरेका छन् । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।

यस पदमार्गको प्रचारप्रसारका लागि गाउँपालिकाको आयोजनामा विसं २०७६ मा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । हर्जोगले मुस्ताङको टुकुचेबाट अग्ला हिमाली पहाड हुँदै नारच्याङको भुसकेटमेला भएर अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाले हर्जोगले हिमाल आरोहण गर्दा वास्तविकरुपमा प्रयोग गरेकै आधार शिविरमा उहाँका सालिक बनाउने योजनासमेत तयार गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १२ : ०२ बजे

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

काठमाडौं । पछिल्लो तीन महिनायता काठमाडौंका विभिन्न प्रहरी युनिटमा दैनिकजसो

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई