१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनी मन्त्रिपरिषद विस्तार, अझै पाएन सरकारले पूर्णता



नेपालगन्ज । लामो समयपछिको पर्खाईपछि लुम्बिनी प्रदेश सरकारले थप ३ जना मन्त्री पाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषदको विस्तार गरेका छन् ।

प्रदेश सरकारमा मुख्यमन्त्री सहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषदको बिस्तार गरेका हुन् ।

मन्त्रिपरिषदमा कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरि तीन जना मन्त्री थपिएका छन् । कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री तथा जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।

बैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसंग तीन वटा मन्त्रालय राखेका छन् ।

मुख्यमन्त्री चौधरीले खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफू संगै राखेका छन् । माओवादीका धनबहादुर मास्कीलाई यस अघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मन्त्रिपरिषदमा पठाउने सांसदहरुको विषयमा कुरा नमिलेपछि माओवादीले विस्तार भएको मीनत्रपरिषदमा कसैको नाम नपठाउँदा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन ।

भागबण्डा पुर्याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने बिषयबाट पछि हटेका छन् । अघिल्लो सरकारको पालामा रहेका मन्त्रालयहरुको संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन् ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १ : ०१ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च