५ श्रावण २०८३, मंगलबार | July 21, 2026

अभिनेता आदित्य सिंह राजपूत मृत्युमा ‘लागु औषधको कनेक्सन’



मुम्बई । भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन् ।

‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन् । यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन ।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पु¥याए पनि डाक्टरले उनलाई बचाउन सकेनन् । प्रहरीले आदित्यको निधनको कारण लागुऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ । यद्यपि प्रहरी यो मामलामा अनुसन्धानमा जुटेको छ ।

आदित्यको निधन पछि फिल्म जगतमा सन्नाटा छाएको छ । आदित्यले रियालिटी शो ‘स्प्लिटस्विला’मा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन् ।

आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए । उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए । उनी अधिकांश समय पेज थ्री इभेन्टमा देखिन्थे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ५६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान