६ भदौ २०८३, शनिबार | August 22, 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई, प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह



काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।

सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई पनि भेटेको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ३० बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी