११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले



लिस्बन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सङ्घमा आबद्ध भएदेखि नै आफू सङ्घको संस्थागत हितमा लागेको उल्लेख गर्दै उनले सङ्घसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताए ।

सङ्घको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उनले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढङ्गले पूरा गरेको उल्लेख गरे । घलले भने, “कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो । त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन ।”

नयाँ पूस्तालाई समेट्दै सङ्घलाई समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने सोँच र परिकल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उनले सङ्घमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताए । पूर्वअध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र सङ्घको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।

सङ्घका केन्द्रीय उपाध्यक्ष थर्क सेनले सङ्घको एकताका लागि सहमतिका बुँदा तय गरिएको भन्दै एक भएर अगाडि बढौँ भन्ने भावनाका साथ आफूहरू लागि परेको बताए । सङ्घका निवर्तमान उपाध्यक्ष सोनाम लामाले संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा सङ्घ विभाजनमा पुगेको उल्लेख गरे । सङ्घका युरोप सल्लाहकार विश्वास दीप तिगेला र युरोप संयोजक उल्का घिमिरेले सङ्घको एकताका लागि पहल भइरहेको जानकारी गराए ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वआईसिसी सदस्य धनराज शेर्पा, पूर्वआईसीसी सदस्य नारायणकाजी मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका सुनिल ढुङ्गाना, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदिप अधिकारी, नेपाली महिला समाजकी अध्यक्ष माया खरेल, ताामाङ समाजका सुजन लामा, पत्रकार योगेन्द्रमिलन छन्त्याल, शान्ति अर्याललगायतले पोर्चुगलमा रहेका नेपालीको अवस्था र उनीहरुले झेल्नुपरेका समस्याका विषयमा भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीले पोर्चुगलमा देखापरेका समस्याप्रति यहाँ क्रियाशील सङ्घसंस्था र सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिँदै दूतावास स्थापनाका लागि पहल गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : १२ बजे

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५