२७ जेष्ठ २०८०, शनिबार | June 11, 2023

रुपन्देहीमा नक्कली ब्राण्डेट मदिराको विगविगी : नक्कली रक्सी बेच्ने २ जना पक्राउ



भैरहवा । नक्कली अन्तस्शुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुई युवालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षीय मूख्तार पठान र सोही ठाउ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् ।

प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल  नक्कली मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री वितरण गर्ने गरेका थिए ।

बजारमा नक्कली मदिरा बिक्रि भएको गुनासो बढेपछि मदिरा ब्यवसायी संघले यस विषयमा चासो राखेको थियो । ‘बुझ्दै जादा नक्कली मदिरा बिक्रि बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो,’ मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने, ‘लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनिहरुद्वारा बिक्री गरिएको मदिरा फेला परे पछि प्रहरीको सहयोगमा उनिहरुलाई प्रक्राउ गरिएको हो ।’

सिग्नेचर, ओल्ड दरवार, एटएटफोएट ब्राण्डका रक्सीहरु बजारमा अभाव भईरहेको समयमा विभिन्न होटलहरुमा सोही रक्सीहरु सस्तो मुल्यमा विक्री भइरहेको भन्ने सूचना पाएपछि यहाका मदिरा व्यवसायी यसको निगरानीमा लागेका थिए । सोही क्रममा करिव ३३ हजार रुपैंया बराबरको अवैध रक्सी, नक्कली स्टिकर र सक्कली रक्सीका खाली बोटल बरामद गरी प्रहरीलाई बुझाएका हुन् ।

यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्ट्रिलरीका क्षेत्रिय बिक्री प्रवन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्राण्डेड रक्सीमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ ।

पक्राउ परेका दुवै आरोपीलाई बरामद समान सहित थप कारबाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरीक्षक किशोर केसीले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : ५५ बजे

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद

पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु

प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान