७ कार्तिक २०८३, शनिबार | October 24, 2026

नक्कली मदिरा उत्पादनका लागि भित्राइएका बिभिन्न ब्राण्डका मदिराको ढक्कन बुटवलबाट बरामद



बुटवल । राष्ट्रिय र अन्तरराष्ट्रिय ब्राण्डका मदिराका ढक्कन बरामद भएसँगै बुटवल आसपासका क्षेत्रमा नक्कली मदिरा उद्योग संचालनमा रहेको आशंका गरिएको छ । बुटवल प्रहरीले ठुलो परिमाणमा मदिराका ढक्कन बरामद गरेसँगै बुटवल आसपासमा नक्कली मदिरा उत्पादनको आशंका गरिएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले बुटवलको राजमार्ग चौराहाबाट भारतको सीमा सुनौलीदेखि बुटवल तर्फ आउँदै गरेको यात्रुबाहक बसबाट १० हजार बढी थान बिभिन्न ब्राण्डका मदिराका ढक्कन बरामद गरेको छ । लु २ ख ६८१९ नम्बरको बसको बी साईडको ३ नम्बर सिटमा सवार सिद्धार्थनगर नगरपालिका बडा नं.१ बस्ने ३३ वर्षिय शशांक खनालबाट १२ हजार ५ थान बिभिन्न ब्राण्डका मदिराका ढक्कन र १९ ठेली बिल बिजक बरामद भएको प्रहरीले जनाएको छ ।

बुटवल प्रहरी प्रमुख डीएसपी विजयराज पण्डीतको कमाण्डमा खटिएको टोलीले शिल सहितको मदिराको ढक्कन सहित खनाललाई नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा सवारीसाधनको चेकजाँच गर्दा खनाल पक्राउ परेको डीएसपी पण्डीतले बताए । उनका अनुसार प्रहरीसँगको प्रारम्भीक बयानमा ढक्कन काठमाडौं लैजानका लागि भारतबाट ल्याएको पक्राउ परेका खलालले बताएका थिए ।

पक्राउ परेका खनाललाई थप अनुसनधानका लागि राजस्व अनुसन्धान विभाग बुटवल रुपन्देहीमा पठाईएको प्रहरीले जनाएको छ । नक्कली मदिरा उद्योग संचालन सम्बन्धमा राजश्व अनुसनधानबाटै अनुसन्धान हुने र सोही अनुसार पक्राउ परेका खनालमाथि कारवाही हुने पनि डीएसपी पण्डीतले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ०५ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन