४ पुस २०८२, शुक्रबार | December 19, 2025

शुक्रबारदेखि चलचित्र ‘टुल्की’ प्रदर्शन हुने



काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ”, उनले भने । चलचित्र डोल्पा जिल्लाको से-फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाँङ्कन गरिएको निर्माता लामाले बताए ।

निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार रामजी बगाले, फेसियल हाउसकी सञ्चालिका सुष्मा महरालगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाँङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गर्नुभएको छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन भने सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ७ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको