८ चैत्र २०८२, आइतबार | March 22, 2026

लुम्बिनी प्रदेशमा साढे पाँच अर्वको लागतमा १७ वटा पुल निर्माणाधिन



नेपालगन्ज । लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा निर्माणाधिन १७ वटा पक्की पुल मध्य ३ वटा सम्पन्न भएका छन् भने ९ वटा सम्पन्न हुने चरणमा पुगेका छन् । बहुवर्षीय आयोजनाको १७ वटा पुल मध्य तीनवटा सम्पन्न भइसकेको र नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगन्जले जानकारी दिएको छ ।

पुल सेक्टरका अनुसार बाँकेको राप्ती नदीस्थित मच्छेबास–धामपुर, कर्णालीको कुहिने र दाङको राप्ती नदीस्थित बेला–बनघुसरी पुलको निर्माण सम्पन्न भएका छन् भने बर्दियाको मानखोला, भादामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसैगरी निर्माणाधिन अवस्थामा रहेका पुलहरुमा कुसुम्बाघाटमा पनि पुल निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुमा २, अर्घाखाँचीमा २, दाङमा ३, सल्यानमा २, रुपन्देहीमा २, पश्चिम नवलपरासीमा २ र सुर्खेतमा एक पुल निर्माणाधिन अवस्थामा रहेका छन् ।

कम्तीमा एक सय मिटरभन्दा लामो पुलहरुको योजनाहरु पुल सेक्टरअन्तर्गत रहने गरि व्यवस्था रहेको पुल सेक्टर नेपालगन्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।

योजना प्रमुख भण्डारीले आगामी आर्थिक वर्षदेखि बजेट कमी हुने आँकलन गरिएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुन सक्ने बताए । भण्डारीका अनुसार पुल सेक्टर अन्तर्गतका ठेक्का सम्झौता भएका यस खालका पुल निर्माण भएपछि पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुने गर्दछ ।

डिजाइन एण्ड विल्डअन्तर्गत रणनीतिक सडकमा पर्ने पुलको निर्माण पुल सेक्टरले गर्दै आएको छ । सडक विभागले टेण्डर आह्वान गरेपछि छनौटमा पर्ने निर्माण व्यवसायी आफैँले डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रक्रिया पूरा गरी सडक विभागबाट नौ महिनाभित्र स्वीकृति लिनुपर्ने व्यवस्था रहेको उनले बताए । त्यसपछिको जिम्मेवारी पुल सेक्टरको हुने उनले बताए ।

पुल सेक्टर नेपालगन्जलाई लुम्बिनी प्रदेश हेर्ने जिम्मेवारी तोकिएपनि कर्णालीका सुर्खेत र सल्यानमा पुराना आयोजना भएका कारण नेपालगन्ज कार्यालयले हेर्ने गरेको योजना प्रमुख भण्डारीले बताए । पुल सेक्टरले नयाँ पुल निर्माणसहित पुराना पुल मर्मतसम्भार र रङ्गरोगनको काम समेत गर्दै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : २२ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली