४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेशमा साढे पाँच अर्वको लागतमा १७ वटा पुल निर्माणाधिन



नेपालगन्ज । लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा निर्माणाधिन १७ वटा पक्की पुल मध्य ३ वटा सम्पन्न भएका छन् भने ९ वटा सम्पन्न हुने चरणमा पुगेका छन् । बहुवर्षीय आयोजनाको १७ वटा पुल मध्य तीनवटा सम्पन्न भइसकेको र नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगन्जले जानकारी दिएको छ ।

पुल सेक्टरका अनुसार बाँकेको राप्ती नदीस्थित मच्छेबास–धामपुर, कर्णालीको कुहिने र दाङको राप्ती नदीस्थित बेला–बनघुसरी पुलको निर्माण सम्पन्न भएका छन् भने बर्दियाको मानखोला, भादामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसैगरी निर्माणाधिन अवस्थामा रहेका पुलहरुमा कुसुम्बाघाटमा पनि पुल निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुमा २, अर्घाखाँचीमा २, दाङमा ३, सल्यानमा २, रुपन्देहीमा २, पश्चिम नवलपरासीमा २ र सुर्खेतमा एक पुल निर्माणाधिन अवस्थामा रहेका छन् ।

कम्तीमा एक सय मिटरभन्दा लामो पुलहरुको योजनाहरु पुल सेक्टरअन्तर्गत रहने गरि व्यवस्था रहेको पुल सेक्टर नेपालगन्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।

योजना प्रमुख भण्डारीले आगामी आर्थिक वर्षदेखि बजेट कमी हुने आँकलन गरिएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुन सक्ने बताए । भण्डारीका अनुसार पुल सेक्टर अन्तर्गतका ठेक्का सम्झौता भएका यस खालका पुल निर्माण भएपछि पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुने गर्दछ ।

डिजाइन एण्ड विल्डअन्तर्गत रणनीतिक सडकमा पर्ने पुलको निर्माण पुल सेक्टरले गर्दै आएको छ । सडक विभागले टेण्डर आह्वान गरेपछि छनौटमा पर्ने निर्माण व्यवसायी आफैँले डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रक्रिया पूरा गरी सडक विभागबाट नौ महिनाभित्र स्वीकृति लिनुपर्ने व्यवस्था रहेको उनले बताए । त्यसपछिको जिम्मेवारी पुल सेक्टरको हुने उनले बताए ।

पुल सेक्टर नेपालगन्जलाई लुम्बिनी प्रदेश हेर्ने जिम्मेवारी तोकिएपनि कर्णालीका सुर्खेत र सल्यानमा पुराना आयोजना भएका कारण नेपालगन्ज कार्यालयले हेर्ने गरेको योजना प्रमुख भण्डारीले बताए । पुल सेक्टरले नयाँ पुल निर्माणसहित पुराना पुल मर्मतसम्भार र रङ्गरोगनको काम समेत गर्दै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको