१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

भेरी अस्पतालमा सेवा स्तरोन्नति, १ हजार ३ सय कर्मचारीको काम ३ सय ५० बाट गराइँदै



नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले जानकारी दिए । करिब रु ३४ करोडको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याइने डा चापागाईँकोे भनाइ छ ।

आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेँलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ । बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ । सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ । यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए ।

भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षणसमेत गराइएको छ । अस्पतालमा एक हजार तीन सय ७६ कर्मचारी आवश्यक हुने भएपनि हाल ३५० कर्मचारीबाट अस्पतालले सेवा दिइरहेको छ ।

अस्पतालमा २०५८ सालमा स्वीकृत गरिएको १५६ जना कर्मचारीको दरबन्दीलाई अहिले सम्म पुनरामवलोकन गरिएको छैन । १५६ सरकारी दरबन्दी, १०५ अस्पताल विकास समितिको दरबन्दी र ५६ कोभिडको कार्य सम्पादन गर्न राखिएका कर्मचारीबाट अस्पतालको सेवा प्रवाह हुने गरेको छ ।

अस्पतालले एक आर्थिक वर्षमा झण्डै पौने २ लाख विरामीलाई सेवा दिन थालेपछि सरकारले ५ सय शैयाको विशिष्टिकृत अस्पतालकारुपमा स्तरोन्नती गरेको हो । विरामीको उच्च चाप रहने अस्पतालको विकास समितिको कार्यावधि बुधबार समाप्त भएपनि नयाँ समिति भने सरकारले गठन गरेको छैन । बुधबार अवधि समाप्त भएको प्रमोद धिताल नेतृत्वको समितिलाई कायार्मवधि नसकिँदै हटाएर नयाँ समिति गठन गरिएपनि अदालतले नयाँ समिति खारेज गरिदिएको थियो ।

भेरी अस्पताल कर्णाली र सुदुर पश्चिम प्रदेशको समेत रिफर अस्पतालकारुपमा रहँदै आएको छ । अस्पतालमा दरबन्दी मिलान नगरिए सेवामा नकारात्मक प्रभाव देखिने बुधवार बिदाई भएका विकास समितिका सदस्य धन वलीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : ५६ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको

बुटवल र सैनामैनाबाट रास्वपा-नेकपा छाडेका साढे ३ सय जनालाई एमाले पार्टी प्रवेश गराए उपाध्यक्ष पौडेलले

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल र सैनामैनाका

बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम

नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

‘२०६४ सालमा माओवादीलाई मत दिनु देशको गल्ती’ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालमा जनताले