७ आश्विन २०८३, बुधबार | September 23, 2026

नागरिकता विधेयक प्रमाणीकरण गर्न पुनः शीतलनिवास पठाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले प्रमाणीकरण नगरिदिएर निश्क्रिय भएको भनिएको नागरिकता विधेयकलाई सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको बताइएको छ ।

बैठकले दुबै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । गठबन्धनबाट आग्रह भएलगत्तै राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग आवश्यक परामर्श गरे पनि त्यसबारे कुनै निर्णय नभएको अवस्थामा सरकारले प्रमाणीकरणका लागि पुनः पठाउने निर्णय गरेको हो ।

पारित गर्ने प्रतिनिधिसभाको अवधि सकिएकाले विधेयक निश्क्रिय हुने तर्क राजनीतिकरुमा आएपनि दबै संसदबाट पारित विधेयक निश्क्रिय नहुने दाबी सहित सरकारले विधेयक राष्ट्रपति समक्ष पठाएको ती मन्त्रीले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ६ : ५६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११