३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

नागरिकता विधेयक प्रमाणीकरण गर्न पुनः शीतलनिवास पठाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले प्रमाणीकरण नगरिदिएर निश्क्रिय भएको भनिएको नागरिकता विधेयकलाई सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको बताइएको छ ।

बैठकले दुबै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । गठबन्धनबाट आग्रह भएलगत्तै राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग आवश्यक परामर्श गरे पनि त्यसबारे कुनै निर्णय नभएको अवस्थामा सरकारले प्रमाणीकरणका लागि पुनः पठाउने निर्णय गरेको हो ।

पारित गर्ने प्रतिनिधिसभाको अवधि सकिएकाले विधेयक निश्क्रिय हुने तर्क राजनीतिकरुमा आएपनि दबै संसदबाट पारित विधेयक निश्क्रिय नहुने दाबी सहित सरकारले विधेयक राष्ट्रपति समक्ष पठाएको ती मन्त्रीले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ६ : ५६ बजे

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य

हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद

अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्यलाई केही दिन अस्पताल राखिने, यस्तो छ अवस्था

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा गोल्डकपको च्याम्पियन

काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको