१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपाललाई पराजित गर्दै काजकिस्तान काभा महिला भलिबलको फाइनलमा प्रवेश



काठमाडौं । काजकिस्तान काभा महिला भलिबल च्यालेन्जको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाललाई पराजित गर्दै काजकिस्तान काभा महिला भलिबल च्यालेन्जको फाइनलमा प्रवेश गरेको हो ।

एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २-३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा पारेको थियो ।

तर, चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा लम्बिन पुग्यो । निर्णायक तथा पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो ।

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २८-३० गुमाउन पुग्यो । सुरुवातदेखि नै पछि रहेको नेपालले एक समय १८-१५ ले अग्रता लिएपनि त्यो अग्रतालाई जोगाउन सकेन ।

दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५-१६ को एकपक्षीय जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि नेपालले दोस्रो सेटकै प्रदर्शनलाई दोहो¥याउँदै २५-१५ को सहज जित निकाल्न सफल भयो ।

चौथो सेटमा भने नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवातदेखि नै पछि परेको नेपालले चौथो सेट १८-२५ ले गुमाउन पुग्यो । एक समय ६-१५ ले पछि रहेको नेपालले ११-२३ को स्थितिमा लगातार ६ अंक जोड्दै खेललाई १७-२३ को स्थितिमा ल्याएपनि हार टार्न सकेन । चौथो सेट गुमाउने भएपछि प्रशिक्षक यान डे ब्रान्टले उषा भण्डारी, सरस्वती चौधरी, साफिया पुनलाई विश्राम दिएको थियो ।

पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवादेखि नै पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरेपनि काजकस्तानलाई ७-१५ ले नजिता सुम्पदै सेमिफाइनलबाटै बाहिरियो ।

अब काजकस्तानले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ । नेपालले भने तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : २९ बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)