१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेपाललाई पराजित गर्दै काजकिस्तान काभा महिला भलिबलको फाइनलमा प्रवेश



काठमाडौं । काजकिस्तान काभा महिला भलिबल च्यालेन्जको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाललाई पराजित गर्दै काजकिस्तान काभा महिला भलिबल च्यालेन्जको फाइनलमा प्रवेश गरेको हो ।

एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २-३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा पारेको थियो ।

तर, चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा लम्बिन पुग्यो । निर्णायक तथा पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो ।

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २८-३० गुमाउन पुग्यो । सुरुवातदेखि नै पछि रहेको नेपालले एक समय १८-१५ ले अग्रता लिएपनि त्यो अग्रतालाई जोगाउन सकेन ।

दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५-१६ को एकपक्षीय जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि नेपालले दोस्रो सेटकै प्रदर्शनलाई दोहो¥याउँदै २५-१५ को सहज जित निकाल्न सफल भयो ।

चौथो सेटमा भने नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवातदेखि नै पछि परेको नेपालले चौथो सेट १८-२५ ले गुमाउन पुग्यो । एक समय ६-१५ ले पछि रहेको नेपालले ११-२३ को स्थितिमा लगातार ६ अंक जोड्दै खेललाई १७-२३ को स्थितिमा ल्याएपनि हार टार्न सकेन । चौथो सेट गुमाउने भएपछि प्रशिक्षक यान डे ब्रान्टले उषा भण्डारी, सरस्वती चौधरी, साफिया पुनलाई विश्राम दिएको थियो ।

पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवादेखि नै पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरेपनि काजकस्तानलाई ७-१५ ले नजिता सुम्पदै सेमिफाइनलबाटै बाहिरियो ।

अब काजकस्तानले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ । नेपालले भने तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : २९ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र