७ पुस २०८२, सोमबार | December 22, 2025

जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति, अवरुद्ध संसद खुल्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध गरेको संसद खुलाउन संसदका प्रमुख तीन दलबीच सहमति भएको छ ।

पशुपतिनाथमा चढाइएको जलहरी सुन प्रकरणमा सत्तारुढ दलका सांसद लेखनाथ दाहालले बोलेको कुरा संसदीय रेकर्डबाट हटाउने सहमति भएको छ । यसका साथै एमालेले अब संसद अवरुद्ध नगर्ने प्रतिवद्धता जनाएको छ ।

सांसद दाहालले नीति तथा कार्यक्रमको बचाउ गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको पालामा पशुपतिमा जलहरी बनाउन खरिद गरिएको सुनमा हेराफेरी भएको र पित्तल मिसाईएको लगाएतका विषय सहित अन्य भ्रष्टाचारको विषयमा नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए । त्यसपछि एमालेले आफ्ना अध्यक्षमाथि सत्तापक्षले आरोप लगाएको भन्दै त्यसमा माफी नमागेसम्म संसद चल्न नदिने भन्दै हिजोको बैठक अवरुद्ध गरेको थियो । हिजो प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

बैठकमा जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग रहेकाले पूर्वप्रधानमन्त्रीसँग यसको सम्बन्ध नरहेको कुरा प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका थिए । प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्दा यस विषयमा सरकारको धारणा राख्ने भएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : १५ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८