२० बैशाख २०८३, आइतबार | May 4, 2026

भ्रष्टाचार विरुद्ध जनयुद्धमा जस्तै हाम फालेका छौं, केही समयभित्रै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको लडाईंमा जनयुद्धमा जस्तै हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताए । प्रधानमन्त्री प्रचण्डले विगतमा जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरे ।

प्रचण्डले भने ‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु । जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ । हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु ।’

आफु विरुद्ध सत्ता सम्हालेको सुरुदेखि नै विभिन्न तत्वहरुले घेरावन्दी गरेको बताउँदै उनले आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण कसैले चाहेर पनि बिगार्न नसकेको जिकिर गरे । उनले सामाजिक न्याय र सुशासन र समद्धि आफ्नो लक्ष्य भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्ध केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुने र ती एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने बताए ।

थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १२ : ५१ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता