५ पुस २०८२, शनिबार | December 20, 2025

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस



काठमाडौं । सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी दिने भएको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले पुर्व सांसद चौधरीको बाँकी सजायँ मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही बिषयहरु सम्वोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ।

शर्माका अनुसार आजको मन्त्रीपरिषद बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलङघन गरेको छैन ।

‘हामीले विभिन्न कानुन ब्यावसायसँग गरेको सल्लाह अनुसार कानुनतस् ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौं’ उनले भनिन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको